सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार खाशोज्जी हत्याकाण्ड : साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्डको फैसला


  •    न्युजभित्तो/७ पुष २०७६, सोमबार २०:४८ 
  • रियाद । पत्रकार जमाल खाशोज्जीको हत्यामा सम्लग्न रहेको अभियोग लगाइएका पाँच व्यक्तिलाई हत्याकाण्डको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको साउदी अरबका सरकारी अभियोजनकर्ताहरूले सोमबार बताएका छन् । तर उक्त अदालतले हत्याको बारेमा छानबिन गरेका दुई शीर्ष व्यक्तित्वलाई निर्दोष ठहराएको छ । अभियोजनकर्ताले नाम नखुलाइएका ११ जना माथि हत्यामा संलग्न भएको भन्दै मुद्दा दायर गरेका थिए ।

    “खशोज्जीको हत्या पूर्वयोजना अनुसार नभएको हाम्रो ठहर छ ,” साउदीका उप–महाधिवक्ता शलान अलशलानले पत्रकार सम्मेलनमा भन्नुभयो । सुनुवाईमा टर्की अधिकारीहरूले साउदी अरबको सरकारको आलोचक ५९ वर्षीय खसोज्जीलाई एक समूहले टर्कीस्थित साउदी अरबको राजदूताबासमा प्रवेश गरी नियन्त्रणमा लिएको र उहाँको शरिरलाई टुक्रा–टुक्रा पारी हत्या गरेको बयान दिएका बताइएको छ ।

    गुप्तचरका उपप्रमुख अहमद अल–असरीले खाशोग्गीको हत्याको रेखदेख गरेको र शाही अदालतका सञ्चारमाध्यम जजार सौद अल–कहतानीले उहाँलाई सल्लाह दिएको अभियोगसहित मुद्दा दायर भएको साउदी वकीलहरूले बताएका थिए । यद्यपि अनुसन्धानका क्रममा काहतानीको सम्लग्नता रहेको देखिने ‘अपर्याप्त प्रमाणका कारण’ अभियोग लगाइएको थिएन र असिरीलाई अनुसन्धान गरी अभियोग लगाइएको थियो तर अन्ततः उही आधारमा निर्दोष मुक्त गरिएको अभियोजनकर्ताहरूले विज्ञप्तिमा भनेका छन् ।

    अभियोजकको भनाइ अनुसार ११ जना नाम उल्लेख नभएका व्यक्तिमध्ये पाँच जनालाई मृत्युदण्ड, तीन जनालाई कुल २४ बर्ष जेल सजाय र अन्यलाई निर्दोष घोषणा गरिएको छ । रियाद अदालतले उक्त सुनुवाइमा अन्तर्राष्ट्रिय समुदायका साथै खाशोज्जीको परिवारका प्रतिनिधिहरु उपस्थित नौ वटा सुनुवाईहरु भएको बताएको छ । खशोज्जीको हत्याले संसारभर चर्चा पाएको थियो ।

    निर्णयप्रति आफ्नो धारणा राख्दै संयुक्त राष्ट्र संघ तथा विभिन्न मानवअधिकार समूहहरूले यस हत्याको स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरेका छन् । वाशिङ्टन पोष्टका नियमित स्तम्भकार साउदी अरबका प्रसिद्ध पत्रकार खसोज्जीकोअक्टोबरमा हत्या भएको थियो । सुरूमा रियादले यसलाई खराब समूहद्वारा घटाइएको घटना भनेको थियो ।

    यसका कारण अमेरिका लगायतका विश्व समुदायले साउदी अरबले पत्रकार खाशोज्जीको हत्या प्रकरणको स्वच्छ छानविन नगरेमा साउदी अरबको सम्बन्धमा कुटनीतिक संकट आउने बताउँदै निरन्तर दिएको दवाबपछि छानविनका लागि साउदी अरब तयार बनेको थियो । साउदी अरबले खशोज्जीको हत्या प्रकरणका दोषीलाई स्वच्छ तथा स्वतन्त्र छानविन गर्न लामो समय गरेको आनाकानीले राजकूमार मोहम्मद बिन सलमानको प्रतिष्ठामा निकै नकारात्मक प्रभाव परेको थियो । (एजेन्सीको सहयोगमा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.