सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल : उपाधिका लागि एपिएफ र आर्मी भिड्ने


  •    न्युजभित्तो/७ पुष २०७६, सोमबार २०:२४ 
  • काठमाडौँ । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौँमा जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

    नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसललाई तथा दोस्रो सेमिफाइनलमा आर्मीले भूटानलाई पराजित गरेको हो । एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गर्नुभयो । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गर्नुभयो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले गोल गर्नुभएको थियो ।

    दोस्रो सेमिफाइनलमा आर्मीकी पूजा रानाले खेलको १०औँ मिनेटमा पहिलो गोल गर्नुभयो । खेलको ८४औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गर्नुभयो । एपिएफ र आर्मीबीच बुधबार उपाधिका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, सेमिफाइनल पुगेका टोलीले रु ५० हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.