सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी नेपालद्वारा पुरस्कार घोषणा


  •    न्युजभित्तो/२४ माघ २०८१, बिहीबार १६:३५ 
  • काठमाडौँ, २४ माघ । प्रेस चौतारी नेपालले विभिन्न सात विधिमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसका आधारमा प्रेस चौतारीले सात विधामा पुरस्कार पाउने पत्रकारको नाम घोषणा गरेको हो ।

    प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार नेपालप्रेस डटकमका प्रधानसम्पादक मातृका पौडेल (रामेछाप)लाई दिने निर्णय गरिएको छ ।

    अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेल (कैलाली), डा शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख (पर्सा) र रिमा सोमै (पाल्पा)लाई प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्की (काठमाडौँ) र मालती केसी (सुर्खेत), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार उषा तामाङ (दोलखा) र रोशनी कठेत (सुनसरी) तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार गार्डेन राई (सोलुखुम्बु) र हरिश चन्द (डडेल्धुरा) लाई प्रदान गर्ने निर्णय गरिएको महासचिव लामाले उल्लेख गर्नुभयो ।

    उहाँले प्रेस चौतारी नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर (२२ माघ) मा प्रदान गर्दै आएको पुरस्कार आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनमा दिने निर्णय भएको पनि बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.