सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभाको शून्य समयः सांसदहरूद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/२४ माघ २०८१, बिहीबार १५:२८ 
  • काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी घरको पुनःनिर्माण गर्नुपर्ने आकलन गरिएको र कतिपय परिवारले हालसम्म दोस्रो किस्ता पनि नपाएको गुनासो रहेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    महामन्त्री थापाले गत असोजको बाढीले बगाएका र भत्किएका घरको अस्थायी आवास निर्माणका निम्ति मङ्सिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले घोषणा गरेकामा अझै पनि कतिपयले पहिलो किस्ता अनुदान नपाएको भन्दै तत्कालय अनुदान उपलब्ध गराउन माग गर्नुभयो ।

    उक्त बाढीबाट ४१ वटा सडक खण्ड पुनः निर्माणका लागि रु २५ अर्ब आवश्यक हुने तथा सबै पुनःनिर्माण गर्न करिब रु एक खर्ब चाहिने भनिए पनि सरकारले रु २१ अर्ब मात्र बजेट विनियोजन गरेको भन्दै उहाँले यति ठूलो रकम कहाँबाट जुटाउने हो भन्नेबारे सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गर्नुभयो ।

    व्यवस्थित सहरको अवधारणा कार्यान्वयन गरियोस्

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले आधुनिक नयाँ सहरको अवधारणा कायान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । सरकारले विसं २०६७÷६८ बाट आधुनिक नयाँ सहरको विकास तथा निर्माणको अवधारणा अगाडि सारेको थियो । पहिलो चरणमा निजगढ, लुम्बिनी, पालुङटारलगायत १० वटा र दोस्रो मध्यपहाडी लोकमार्ग, तराई–मधेश र हिमाली बस्ती गरेर कूल ५४ वटा नयाँ सहरको घोषणा गरिएकामा यस अवधिमा रु १२ अर्ब मात्र बजेट विनियोजन भएको भन्दै उहाँले आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।
    निजगढमा हालसम्म रु सात करोड मात्रै बजेट विनियोजन भएको भन्दै सांसद मैनालीले अन्य सुविधाबाट बञ्चित हुने र स्मार्ट सिटीको बजेट पनि नपर्ने प्रवृत्तिले नागरिकमा निराशा उत्पन्न भएको जिकिर गर्नुभयो ।

    अङ्गीकृत नागरिकता पाउन अझै सकस

    नेपाली कांग्रेसका सांसद अञ्जली श्रेष्ठले अङ्गीकृत नागरिकता पाउन अझै सकस रहेको बताउनुभयो । पुरुषले विवाह गर्दा सहजै नागरिकता पाउने तर महिलाले विवाह गरेको २० देखि २५ वर्षसम्म पनि तीनले जन्माएका सन्तानले अङ्गीकृत नागरिकता नपाउने अवस्था हुनु दुःखद् रहेको भन्दै उहाँले यसलाई सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अनिषा नेपालीले सर्लाही बरहथवा नगरपालिका–४ का वासतेन्द्रकुमार चमारले सोही नगरपालिका–५ की नेहा रौनियारसँग प्रेम विवाह गरेको र उक्त विषयमा पीडितले न्याय पाउन नसकेको भन्दै उमेर पुगेका युवायुवतीले मनमिले स्वतन्त्रपूर्वक विवाह गर्न पाउने संवैधानिक हक सुनिश्चित हुनुपर्ने माग गर्नुभयो । उहाँले उक्त घटनाबारे गृहमन्त्रीबाट सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

    सोही विषयमा सांसद अमरेशकुमार सिंहले ठेगाना नमिलेको जनाउदै त्यससम्बन्धी प्रस्तुत विषयलाई रेकर्डबाट हटाउन ध्यानाकर्षण गराउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले मोरङको हुलाकी राजमार्ग कटहरी सडकखण्डको दुरावस्थाले नागरिकलाई सास्ती भइरहेको भन्दै निर्माणकार्य द्रुत गतिमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.