सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै


  •    न्युजभित्तो/२४ माघ २०८१, बिहीबार १२:२७ 
  • चितवन, २४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराएसंगै बहस सुरु भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । सरकारी वकिलका तर्फबाट आज छिमेकी जिल्लाबाट आएका जिल्ला न्यायाधिवक्ताहरुले बहस सुरु गरेका हुन् ।

    बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । अहिले जाहेरवाला सहकारी पीडिततर्फका अधिवक्ताहरुको बहस चलिरहेको छ । सहकारी पीडितको तर्फबाट हिजो ४ जनाले वकालतनामा लेखाएका थिए भने आज थप वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले वकालतनामा दर्ता गराएका थिए ।

    जाहेरवालातर्फको वकिलहरुको बसह सकिएपछि प्रतिवादी रवि लामिछानेका तर्फबाट वकिलहरुले बसह गर्नेछन् । लामिछानेको तर्फबाट हिजो २ वरिष्ठसहित १० जनाले वकालतनामा दर्ता गराएका थिए भने आज थप एक जना वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले वकालतनामा दर्ता गराएका छन् । लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा. नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिमल्सेना रहेका छन् ।

    हिजो पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधीवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि हिजो थुनछेक स्थगित गर्दै लामिछानेलाई प्रहरीको जिम्मा लगाईएको थियो ।

    सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दर्ता गरेको थियो । त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको हो ।

    चितवन प्रहरीले ३२ जनालाई नै सहकारी ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले रवि लामिछानेसहित २० जनालाई ठगी मात्रै अभियोजन दर्ता गरेर संगठित अपराध कसुरबाट उन्मुक्ती दिएपछि सरकारले छानबिन समिति नै बनाएर अघि बढेको छ । सोही अनुरुप छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरु बहसका लागि चितवन आइपुगेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.