चितवन, २४ माघ । बुधवार थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पनि अदालतमा उपस्थित गराइँदै छ ।
आज सहकारी पीडित र प्रतिवादीका तर्फबाट अधिवक्ताहरुले बहस गर्ने छन् । हिजो (बुधवार) सरकारी वकीलका तर्फबाट तीन जना र सहकारी पीडितका तर्फबाट एक जना अधिवक्ताले मात्रै बहस गर्न भ्याए । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।
बुधवार बहस नसकिएको भन्दै चितवन जिल्ला अदालतका न्यायाधिस दयाराम ढकालको इजलासले आज बिहान १० बजे उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको थियो । इजलासको आदेशपछि रविलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको हो ।
सहकारीपीडितको तर्फबाट आज वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरु सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् । यद्यपि अन्य अधिवक्ताले पनि बहसका लागि वकालतनामा दर्ता गराउने संभावना छ ।
प्रतिवादी रवि लामिछानेको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न २ जना वरिष्ठ अधिवक्तासहित १० जनाको वकालतनामा दर्ता गराएका छन् । लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्तासुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिम्सेना सहित १० जनाले बहस गर्ने अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
रविलाई अदालतबाट प्रहरी कार्यालयतर्फ लग्दै गर्दा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । उनीहरु जिल्ला प्रहरी कार्यालयसम्मै पुगेर नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजन लिम्बुले रविलाई आज बिहान १० बजेनै अदालतमा उपस्थित गराइने बताए ।
लामिछाने हिजो विहान १० बजेअघि नै बयानका लागि अदालतमा उपस्थित भएका थिए । न्यायाधिस ढकालले चार घण्टा लगाएर रविको बयान लिएका हुन् ।
सरकारी वकिल कार्यालयले मंगलवार लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दर्ता गरेको थियो । त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको हो ।