सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा


  •    न्युजभित्तो/२३ माघ २०८१, बुधबार १२:५० 
  • पोखरा, २३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

    तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । ‘यो सामान्य तथ्याङ्क होइन । क्यान्सर खानपान, वातावरण जस्ता कारणले बढेको छ,’ उनले भने, ‘यो रोगको नियन्त्रण गर्ने र निर्मूल गर्ने उद्देश्य छ ।’

    पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको बताए । ‘भविष्य यो खोपले बचाउँछ । खोपबाट मात्र पूरा क्यान्सर नियन्त्रण हुँदैन,’ अघि थपे, ‘१४ वर्ष माथिका महिलाहरूको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियान सरकारले चलाउँछ ।’ उनले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा गरे ।

    नेपालमा उपचारमा मात्र रकम खर्च भएको भन्दै निरोधात्मक अभियान पनि सरकारले चलाउने सुनाए । ‘निरोधात्मक र रक्षात्मक काम गर्न सकिएको छैन । उपचारमा मात्र काम गरेका छौं । अब सरकारले उपचारसँगै बिरामी हुन नदिने क्षेत्रमा काम गर्छ,’ उनले भने । मन्त्री पौडेलले समाजवाद स्वास्थ्यबाट मात्रै आउने भन्दै स्वास्थ्य क्षेत्र बढी सुधार्नुपर्ने बताएका छन् ।

    पोखरामा २३ हजारभन्दा बढी किशोरीलाई खोप लगाउने योजना छ । मेयर धनराज आचार्यले मङ्गलवारदेखि नै पोखरामा सुरु भए पनि बुधवार स्वास्थ्यमन्त्रीको उपस्थितिमा शीतलादेवी स्कुलबाट खोप लगाउन थालिएको जानकारी दिए । यसका लागि नगरका २७५ स्कुलमा खोप केन्द्र चलाइएको छ । ६ देखि १० कक्षासम्मका किशोरीलाई खोप लगाउने र स्कुल नपढ्ने १० देखि १४ वर्षका किशोरीलाई पनि खोपको व्यवस्था गरिएको मेयर आचार्यले जानकारी दिए ।

    स्वास्थ्य नीति महाशाखा प्रमुख डा।कृष्णप्रसाद पौडेलले पोखराभर ३९ हजारभन्दा बढी किशोरीलाई खोप देशभर १६ लाख ८८ हजारलाई खोप लगाउन लागिएको जानकारी दिए । गण्डकीमा १ लाख ५ हजारलाई खोप लगाउने तयारी छ । ‘९० प्रतिशत भन्दा बढीले खोप लगाउने अनुमान छ । सरकारले राष्ट्रिय क्यान्सर उपचार रणनीति तयार पनि गरेको छ,’ उनी भन्छन्, ‘सरकारबाट रोग उपचार भन्दा रोग बचावट कार्यक्रममा बढी जोड भइरहेको छ । अब रोगीको उपचार गर्ने मात्र होइन, रोग लाग्नै नदिने हो ।’ यद्यपि निधानात्मक अभियान उपचारभन्दा ज्यादै महँगो हुने उनले बताए ।

    वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले उपचार बेलैमा गर्दा मात्र फाइदा हुने बताए । ‘सरकारले रोग नै नलागोस् भनेर काम गरेको छ,’ उनले भने, ‘उपचार पनि बेलैमा गरे मात्र फाइदा हुन्छ । सचेत हामी आफै हुने हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.