सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली: अध्यक्ष दाहाल


  •    न्युजभित्तो/१६ माघ २०८१, बुधबार ११:३१ 
  • काठमाडौँ, १६ माघ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभएको छ ।

    सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उहाँले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै उहाँले बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ ।

    माघ १६ नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदहरूले देख्नुभएको सपना र लिनुभएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गर्नुभएको छ ।

    राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा सहिदहरुको योगदानको कदर गर्दै सहिद परिवारहरुको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदहरुप्रतिको सच्चा सम्मान हुने उहाँको भनाइ छ । नेपालका प्रथम सहिद लखन थापामगरदेखि जहाँनिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न जनसङ्घर्षको बलमा नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्न सम्भव भएको हो ।

    अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारितापूर्वक कार्यान्वयन गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.