सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद


  •    न्युजभित्तो/१५ माघ २०८१, मंगलवार ११:३६ 
  • काठमाडौं, १५ माघ । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ ।

    ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबलकार समूह’को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप समेत भएको थियो ।

    स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भागदौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।

    प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको घोषणा गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
    ‘भिलेज सफारी’मा सरर आउने होइन त रु लाहुरेको गाउँ रुम्सी हेर्न
    सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
    • पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
    • योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…
    • ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
    • साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.