सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री


  •    न्युजभित्तो/१३ माघ २०८१, आईतवार १६:२० 
  • गण्डकी, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताउनुभएको छ ।

    भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिकलगायत क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्राप्त सहयोगप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गर्नुुभयो ।

    भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यहाँस्थित पेन्सन वितरण कार्यलय यस क्षेत्रको महत्वपूर्ण संस्थाका रुपमा अघि बढेको बताउनुुभयो । आपसी निकटता र पारिवारिक सम्बन्धले दुई देशलाई अझ नजिक तुल्याएको बताउँदै उहाँले दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्नुुभयो ।

    दुई देशबीचको सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध हजारौँ वर्षदेखिको भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यी विषय रामायाण, महाभारतमासमेत उल्लेख भएको बताउनुुभयो ।

    भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख प्रशान्तसिंह बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्यनिष्ठाका लागि प्रसिद्ध गोर्खाली सैनिक रहेका भन्दै सैनिक आश्रित परिवारको सेवारत एवं सेवानिवृत्तपश्चात् पनि आवश्यक सेवा र सुविधालाई सधैँ उच्च प्राथमिकताका साथ कार्यालयले हेर्दै आएको बताउनुुभयो ।

    भारतीय सेनाको इतिहासमा नेपालबाट सबैभन्दा बढी गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट भएको जनाउँदै उहाँहरूले देखाउनुभएको बहादुरी र इमान्दारीता प्रशंसायोग्य रहेको बघेलले बताउनुभयो ।

    पेन्सन वितरण कार्यालय पोखराले सन् २०२४ मा शिक्षा, स्वास्थ्यलगायत अन्य कल्याणकारी योजनामा सहयोग गरेको बताउँदै उहाँले त्यसका अतिरिक्त रु ३५ अर्ब प्रदेशका भुपूहरूको पेन्सन मात्र पठाउने गरिएको जानकारी दिनुुभयो । भारत सरकारले नेपालमा रहेका भुपू सैनिकहरूका लागि धेरै सकारात्मक र प्रभावकारी योजना लागू गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

    कार्यालय प्रमुख बघेलका अनुसार भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्यका लागि एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य ऊर्जालगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । कार्यक्रममा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित ‘जर्नल भुपू २०२५’ लोकार्पण गरिएको थियो । त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अमर प्राप्त गोर्खा सैनिकका सन्नतिलाई सम्मानका र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.