सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपिन जोशीको रिहाइमा पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह


  •    न्युजभित्तो/१ माघ २०८१, मंगलवार १५:४७ 
  • काठमाडौं, १ माघ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।

    परराष्ट्र मन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्तामा कुराकानी गर्दै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्री राणाको सचिवालयले जानकारी दिएको छ।

    कतारका विदेश राज्यमन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार तथा मध्यस्थकर्ता हुन्।

    गजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्तकारहरू मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्ने तय भएको छ। त्यसअघि परराष्ट्र मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार मन्त्री खुलाइफीसँग कुराकानी गरेकी हुन्।

    मन्त्री राणाले कतारका मन्त्री खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.