सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना


  •    न्युजभित्तो/१ माघ २०८१, मंगलवार ११:२८ 
  • काठमाडौँ, १ माघ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती÷माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

    उपाध्यक्ष रानाले आज शुभकामना सन्देश जारी गर्दै थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङक्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

    “हाम्रा विविध सांस्कृतिक चाडपर्व, संस्कार एवं परम्पराले आ–आफ्नो समुदायको विशिष्ट पहिचान दिलाएका छन्”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मगर, थारूलगायत समुदायले मनाउने यस पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण मात्रै गरेको छैन, विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका निर्वाह गरेको छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.