सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त


  •    न्युजभित्तो/३ मंसिर २०७६, मंगलवार २०:४० 
  • जेनेभा । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ । पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।

    इस्लामिक गणतन्त्र इरानले गत बिहीबार पेट्रोलको मूल्य २०० प्रतिशतले वृद्धि भएको घोषणा गरेपछि नागरिकहरू आन्दोलित भएका हुन् । इरानमा अमेरिकी नाकावन्दीका कारण आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । पेट्रोलका लागि धनी मानिने इरानले सोही वस्तुमा गरेको मूल्यवृद्धिपछि नागरिकहरू आन्दोलित बनेका हुन् ।

    “खासगरी तेलको मूल्य वृद्धिप्रति असन्तुष्टि प्रकट गर्दै विरोधमा उत्रिएका नागरिकमाथि सरकारी सुरक्षाकर्मीले गरेको दमन र यसका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालय गम्भीर बनेको छ,” प्रवक्ता रूपर्ट कोलभिलले पत्रकारलाई बताउनुभयो ।

    इरानमा प्रदर्शन शुरू भएपछि इन्टरनेट सेवा प्रयोगमा कडाई गरिएको छ जसका कारण यहाँका गतिविधि बाहिर आउन कठिनाई भएको छ । कोलभिलले इन्टरनेट सेवामा गरिएको नियन्त्रणका कारण प्रदर्शनमा भएका मानवीय क्षतिलाई पुष्टि गर्न कठिनाई भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “केही इरानी सञ्चारमाध्यम र अन्य स्रोतहरूले दिएको जानकारी अनुसार दर्जनौँ व्यक्ति मारिएका र एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । हामीले इरानी अधिकारी तथा सुरक्षाकर्मीलाई शान्तिपूर्ण विरोधमा बल प्रयोग नगर्न आग्रह गर्छौ ।”

    प्रदर्शनकारीले पेट्रोलको मूल्यवृद्धि फिर्ता गर्न भन्दै गरेका विरोध कार्यक्रमका शिलशिलामा कैयौँ पेट्रोल स्टेसन, बैङ्क तथा सार्वजनिक कार्यालय तथा तीनका सम्पत्तिलाई तोडफोड गरेका समाचारहरू बाहिरिएका छन् । कोलभिलले प्रदर्शनकारीलाई आफ्ना विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गर्नुभएको छ ।
    रासस/एएफपी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.