सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री


  •    न्युजभित्तो/२७ कार्तिक २०८१, मंगलवार १६:५९ 
  • काठमाडौँ, २७ कात्तिक । ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताउनुभएको छ ।

    प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताउनुभएको हो ।

    “नेपालमा एकातिर हिन्दूू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नुु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।”

    त्यस अवसरमा आचार्य महाश्रमणका शिष्यहरु रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नशामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूूहरुले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिनुुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.