सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिउँदो रहेसम्म पार्टीको सभापति रवि हो: डीपी अर्याल


  •    न्युजभित्तो/२५ कार्तिक २०८१, आईतवार १६:१३ 
  • पोखरा, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् ।

    रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् ।

    ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’ रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् ।

    जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी उनले गरे । रास्वपाको कार्यवाहक सभापति कसले पाउने भन्ने चर्चा चलिरहेका बेला उनले यस्तो बताएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित दुई जना पक्राउ
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
    धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर
    • तीन दिनपछि खुल्यो बिपी राजमार्ग
    • सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
    • खाँदबारी–किमाथाङ्का सडक: ‘ट्रयाक ओपन’ सहित स्तरोन्नति सम्पन्न
    • मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.