काठमाडौँ, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि जिल्ला अदालतले अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइन लागेको हो ।
यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् ।