सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेलाई २५ दिन हिरासतमा राख्न सरकारी वकिलको माग


  •    न्युजभित्तो/२० कार्तिक २०८१, मंगलवार १५:३९ 
  • काठमाडौं, २० कात्तिक । सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई २५ दिन हिरासतमा राख्न सरकारी वकिलले माग गरेका छन् । कास्की जिल्ला अदालत पोखरामा मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा सरकारी वकिलले बिदासहित २५ दिन म्याद थप गर्न प्रस्ताव गरेका हुन् ।

    जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट कमला काफ्लेले बहस गरेकी थिइन् । लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । जाहेरीवालाको तर्फबाट बहस गर्दै युवराज पराजुलीले सहकारी ठगीको संगठित अपराधबाहेक लामिछाने अरू अपराधमा समेत संलग्न देखिन सक्ने भएकाले म्याद थप गर्नुपर्ने बताएका थिए ।

    यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले १८ दिन हिरासतमा राख्दा पनि अनुसन्धान नसक्नु बदनियत रहेको दाबी गरे । उनले म्याद थप गर्नु आवश्यक नभएको बताए । गोरखा मिडियाका अर्का सञ्चालक छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले फेरि म्याद थप गर्न आवश्यक नभएको बताए । जिल्ला अदालतमा बहस सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.