सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


  •    न्युजभित्तो/१४ कार्तिक २०८१, बुधबार १६:३१ 
  • काठमाडौँ, १४ कात्तीक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।

    यस्तै, असन्तुलित खानपान तथा जीवनशैलीका कारण पनि स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले स्वास्थ्यमैत्री खानपान र जीवनशैलीलाई आत्मसाथ गर्न सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।

    यस्तै, मन्त्रालयले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका दीर्घरोगीहरूले सोको उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न समेत आग्रह गरेको छ ।

    सार्वजनिक बिदाका दिनहरूमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह, एम्बुलेन्स सेवा (हटलाइन नम्बर “१०२”) आदि तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.