सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ: मन्त्री पौडेल


  •    न्युजभित्तो/१४ कार्तिक २०८१, बुधबार १५:१४ 
  • काठमाडौँ, १४ कात्तीक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ ।

    बुधवार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भए पनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताउनु भयो । वैद्यखानाले माग पूरा गर्न सके बाहिरी मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताउनु भयो । उहाँले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो । उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताउनु भयो । उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताउनु भयो । मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘अब यसका निम्ति अरू संरचनाहरू के आवश्यक पर्छन्, यो समिति बनाउनुपर्छ भने बनाऔँ । मलाई त समिति मन्त्री भन्देलान् भन्ने डर छ । मैले थुप्रै विषयमा समिति बनाएर अघि बढेको छु । समिति बनाएर अघि जानुपर्नेछ भने बनाऔँ । यसको उत्पादन तुरुन्तै वृद्धि गरौँ । यसैले उत्पादन गरेर कमाइ नगर्ने हो भने तपाईँहरूले निवृत्त भएपछि प्राप्त गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्न । घाटामा जाने, त्यो सबैलाई राज्यले पड् ताल गर्दै जाने, अब जुन लक्षित समूह हो त्यसलाई केही पनि गर्न नसक्ने, हामीले यी संस्थाहरूलाई यही ढङ्गबाट यसलाई टालटुल गरेर लगिरहने स्थिति बन्दैन । हामीले यसैबाट र यहीँबाट उत्पादन गर्ने, कमाउने, हामीले सुविधा पनि लिने, कोष पनि बनाउने र निवृत्त भए पनि सेवा लिन पाउने सहज वातावरण बनाउनुपर्छ । हामीले यहाँ गर्न सक्छौँ । हामीले देशभरकै ७५३ पालिकामा आयुर्वेद औषधि जुन विक्री हुन्छ, त्यहाँ ९० प्रतिशत आयात गरिन्छ । यहाँहरूले उत्पादन गर्नुभयो भने आयात बन्द गराउने काम हामी गर्छौँ । मैले गर्छु । यहाँका सम्पूर्ण उत्पादन पालिकाका आयुर्वेद औषधि पसलमा जाने स्थिति हामी बनाउँछौँ । यसलाई सम्पन्न संस्थाका रूपमा विकसित गर्न धेरै गाह्रो छैन । विक्री गर्ने व्यवस्थित वातावरण बनाउन सकिन्छ । आयुर्वेद औषधिको मामिलामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने क्षमता बढाउनु पर्छ । निर्यात गर्ने क्षमता बढाए यो संस्था धेरै नै छिटो समृद्ध हुन्छ ।’

    स्वास्थ्य मन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.