सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या


  •    न्युजभित्तो/३० कार्तिक २०७६, शनिबार १९:४७ 
  • कंगो, (रासस/एएफपी) । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् ।

    स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो । बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।

    यी घटनाहरु कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ । यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महिना घोषणा गरेको थियो । यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीहरुको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय छ ।

    बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयबासीमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको जानकारी दिनुभयो ।

    सरकारी फौजले गत अक्टोबर ३० मा यस क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।

    कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले विगत पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा सयौं, हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ । इस्लामिक स्टेट समूहले एडिएफले गरेका कतिपय आक्रमणको आफूले जिम्मेवारी लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.