सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु


  •    न्युजभित्तो/२९ कार्तिक २०७६, शुक्रबार २१:०१ 
  • सान्ता क्लारिटा, (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी घाइते भएका छन् ।

    साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको छ । ती विद्यार्थीको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेको प्रहरीले जनाएको छ ।

    सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । विगत दुई दशकमा अमेरिकी स्कुलहरुमा भएका “मास सुटिङ” मा ३०० भन्दा बढी विद्यार्थी र किशोर किशोरीको मृत्यु भइसकेको छ ।

    अमेरिकी संसदमा सर्वसाधारणलाई बन्दुक राख्न दिने कानुनमा कडाई गर्न लामो समयदेखि बहस जारी छ, तर अमेरिकाका मुख्य दुई दल रिपब्लीकन पार्टी र डेमोक्र्याटिक पार्टीबीच सहमति हुन सकेको छैन । रिपब्लीकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बन्दुकमाथि धेरै कडाई गर्न नहुने पक्षमा हुनुहुन्छ, तर डेमोक्र्याट पार्टी कडा नियमको पक्षमा छ ।

    प्रहरी अधिकृत केन्ट वेगेनरले एसियाली मूलका एक किशोरले आफ्नो झोलाबाट बन्दुक झिकेर साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएको र अन्त्यमा आत्महत्या गर्ने मनशायले आफैंलाई गोली हानेको जानकारी दिनुभयो ।

    स्कुलमा गोली चलाउनुपर्ने कारणबारे केही खुलेको छैन ।

    मृत्यु हुनेहरुमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन् । घाइते हुनेहरुमा एक जना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिकाहरु रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.