सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपद् आउँदैछ भनेर ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठायौँः गृहमन्त्री लेखक


  •    न्युजभित्तो/१५ आश्विन २०८१, मंगलवार १५:४४ 
  • काठमाडौँ, १५ असोज । गृहमन्त्री रमेश लेखकले विपद् आउँदैछ भनेर ५५ हजार व्यक्तिलाई भाइबर सन्देश पठाएको बताएका छन् ।

    मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण व्यापक धनजनको क्षति हुनुपूर्व सचेत रहन भन्दै ५५ हजार जनालाई भाइबरमार्फत सन्देश पठाएको बताएका हुन् । उनले मौसम विभागले गरेको पूर्वानुमान अनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन रोक लगायतका निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।

    साथै स्थानीय तहका जनप्रतिनिधिलाई विपद् हुँदैछ भनेर सतर्कता सन्देश पठाउने काम गरेको, मातहतका निकायलाई सतर्क गराएको उल्लेख गरे ।

    उनले आफूले विज्ञहरूसँग बुझ्दा ५० वर्ष भन्दा यताकै ठुलो वर्षा भएको, काठमाडौँ र बागमती प्रदेशमा क्वाउड ब्रस्ट भएको उल्लेख गरे । उनले यस्तो बेला सबै संयमित भएर विपद्‍को सामना गर्नुको विकल्प नभएको बताए ।

    बाढी पहिरोबाट २१८ जना मृत्यु, १४३ घाइते, ७० भन्दा बढी बेपत्ता भएको र ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.