सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शताब्दी पुरुष गौरीशङ्कर लाल दासको १०१औँ जन्मदिवस मनाइयो


  •    न्युजभित्तो/११ आश्विन २०८१, शुक्रबार ११:५२ 
  • काठमाडौँ, ११ असोज । शताब्दी पुरुष गौरीशङ्कर लाल दासको १०१औँ जन्मोत्सव समारोह मानाइएको छ । बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उहाँले आफ्नो नवीनतम् कृति ‘यादों के गलियारों मे’ संंस्मरणत्मक निबन्ध सङ्ग्रहको लोकापर्ण गर्दै जन्मदिवस मनाउनुभएको हो ।

    पुस्तकमा उहाँले आफूले भोगेका विभिन्न चुनौतीहरूका विषयमा लेख्नुभएको छ । उहाँले मानवअधिकार आयोगको गठनको सुरुआती समयमा काम गर्नुभएको थियो । त्यससँग सम्बन्धित अनेक प्रसङ्गहरू पुस्तकमा समेटिएको छ ।
    उहाँ विसं २००९ मा नै काठमाडौँ आउनुभएको थियो । लोकसेवा आयोगको सिफारिसमा सर्वप्रथम उहाँले वीर अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गर्न सुरु गर्नुभएको थियो ।

    उहाँले मानवअधिकार आयोगका साथै क्षयरोग निवारण संस्था, नेपाल परिवार नियोजन सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी, नेपाल कुष्ठरोग निवारण सङ्घमा पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै योगदान दिनुभयो ।
    आजबाट डा लालले अर्को शताब्दीमा प्रवेश गर्नुभएको खुसीमा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको उहाँका जेठा छोरा आनन्दमोहन दासले जानकारी दिनुभयो । उहाँको स्वस्थ्य जीवन साकारात्मक सोच र क्रियाशीलताका कारण भएको उहाँका छोरा आनन्दमोहन बताउनुहुन्छ ।

    पेसाले चिकित्सक डा लालको रुचि साहित्य र सङ्गीतमा पनि छ । उहाँ अहिले पनि लेखनमा सक्रिय हुनुहुन्छ । बाँसुरी र तबला वादन उहाँको अर्को सोख हो ।
    डा लालकी कान्छी बुहारी रञ्जुका अनुसार उहाँ आज पनि आफ्नो ल्यापटमा घण्टौँ बसेर लेख्नसक्नुहुन्छ । सक्रिय भइरहने उहाँको बानी नै उहाँको दीर्घजीवनको कथा रहेको रञ्जु बताउँनुहुन्छ । डा दासको जन्म विसं १९८१ आश्विन कृष्ण द्वादशीको दिन भएको हो ।

    डा लालले आफ्नो जन्मोत्सवमा सहभागी सबैप्रति कृज्ञता र अशीर्वाद प्रकट गर्दै भन्नुभयो, “एक सय वर्ष बाँच्नुपर्छ तर स्वस्थ्य जीवनशैलीका साथ राम्रोसँग सुन्ने र बोल्ने हुनुपर्छ । म अहिले ठीकै छु । र, तपाईँहरूको मायाका लागि आभारी छु ।”
    डा लालको जन्मोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट शुभकामना प्रदान गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले शताब्दी पुरुषको सम्मान र उहाँको नाममा हुलाक टिकट र सिक्का निकाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिनुभयो ।

    उहाँले आफ्नो कार्यकालमा सो कार्य पूर्ण गर्ने आश्वासनसमेत दिनुभयो । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले डा लालको सक्रिय जीवनको कामना गर्दै प्रधानमन्त्रीसम्म उहाँको नाममा पेस गरिएको हुलाक टिकटलगायतका लागि विषय पुर्याउने बताउनुभयो ।
    पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले उहाँसँगको आफ्नो बाल्यकालको स्मृति स्मरण गर्नुभयो । कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, विद्याधर मल्लिकलगायको उपस्थिति थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.