सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक


  •    न्युजभित्तो/७ आश्विन २०८१, सोमबार ११:४० 
  • विराटनगर, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले झापामा सवारीसाधन जलाएका छन् ।

    आइतबार मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थक बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका-८ स्थित बिरिङ खोलाको पुलमा यूपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

    पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टा-छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरी स्रोतले बताएको छ ।

    कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार आइतबार राति छुट्टा-छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको उनले बताए ।

    सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ मा डब्लूबी-७३-ई-३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ ।

    प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था सामान्य रहेको दाहालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.