सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपा सांसद झाले भनेः कांग्रेस-एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा छौं


  •    न्युजभित्तो/७ आश्विन २०८१, सोमबार ११:२४ 
  • काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आगामी चुनावमा कांग्रेस-एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा जुटेको बताएका छन् । आफूहरुलाई भने जति प्रतिशतको थ्रेसहोल्डको व्यवस्था भए पनि फरक नपर्ने उनले बताए ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा रास्वपा सांसद झाले भनेका छन् । ‘उहाँहरु (कांग्रेस-एमाले)ले दश प्रतिशतको थ्रेसहोल्ड लिएर आउनुहुन्छ भने पनि हामीलाई खासै फरक पर्दैन । किनभने पहिलो चुनावमै १३ प्रतिशत लिएर आएको हो हामी ।’

    उनले थप भनेका छन्, ‘जुन दलहरुलाई मन्त्री बाँडेर गठबन्धनको संख्या बढाउनुभएको छ त्यही दलहरु प्रति लक्षित छ उहाँहरु । त्यसमा हामी चिन्तित छैनौँ । हामी उहाँहरुलाई बरु थ्रेसहोल्ड कट्न नदिने अभियानमा लागेका छौं ।’

    थ्रेस होल्डले राजनीतिक स्थिरता दिन्छ भने आफूहरु पनि छाटिन तयार भएको उनले बताए । ‘थ्रेसहोल्डको अभिव्यक्ति दिएर हामीलाई तर्साउन खोज्नुभएको हो भने हामीतर्फ लक्षित नगरे हुन्छ । त्यसले स्थिरता दिन्छ भने ठिक छ । ल्याउनुस् । हामी पनि खराब छौँ, कमजोर छौँ भने त हामी पनि छाटिन्छौँ नि त,’ झाले भनेका छन् ।

    उनले खुला अर्थतन्त्र र उदार लोकतन्त्रको कुरा गर्ने दलहरु नयाँ दल आएपछि डराउने गरेको टिप्पणी गरे । ठूला भनिएका पुराना दलहरुको सिद्धान्त र व्यवहार फरक भएको पनि उनले बताए ।

    संविधानमा अपनत्व कमजोर भएकाले कार्यान्वयनमा समस्या भएको उनले बताए । संविधानमा तीन तहको सरकारको व्यवस्था भए पनि अभ्यास भने चार तहको भइरहेको झाको भनाइ छ ।

    ‘संघीयताको परिकल्पना जुन किसिमको संविधानमा छ, त्यो अनुसारको अभ्यास हुन सकेको छैन । संघीय संरचनामा तीन तहको सरकार भन्छौँ । तर अभ्यासमा चार तहको छ,’ झाले भनेका छन् ‘कतिपय कुराहरु प्रदेशको आफ्नो लोकसेवा, आफ्नो कानून, आफ्नो प्रहरी, आफ्नो विभिन्न नियोगहरू यिनीहरु निकायहरु बन्नै बाँकी छ । कार्यान्वयन जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन सकेन । त्यसलाई बढाउन आवश्यक छ ।’

    समावेशिता, संघीयता र निर्वाचन प्रणालीको सन्दर्भमा झाले प्रमुख राजनीतिक दलहरुले त्यसलाई कार्यकर्ता व्यवस्थापनको उद्देश्यले दुरुपयोग गरेको बताए । ‘नेपाली कांग्रेस मधेश प्रदेशबाट दुईजना केन्द्रीय सदस्य मनोनीत हुनुभएको छ, एकजनाको थर रिजाल हो । अर्कोको थर ढुंगाना हो,’ झा भन्छन्, ‘मधेशी कोटामा मधेशबाट कांग्रेसको केन्द्रीय सदस्यको परिकल्पना रिजाल र ढुंगानाका लागि पक्कै गरिएको थिएन होला ।’

    उनले संविधान कार्यान्वयन नहुनुमा सदनमा जसको जति प्रतिशत उपस्थिति छ, त्यो त्यति नै बढी दोषी रहेको तर्क गरेका छन् । न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.