सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारलाई गलत देखाउन केही मान्छे टाउको टेकेर हिँडिराखेका छन्: प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/३० भाद्र २०८१, आईतवार ११:४३ 
  • काठमाडौं, ३० भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्।

    नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, विकास र समृद्धिको बाटोमा अघि बढ्न नदिने प्रयास भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

    काठमाडौंमा शनिबार एमालेले गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यक्रममा बोल्दै उनले सत्य र तथ्यको बाटोमा नहिँडेकाहरूले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए।

    ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइनँ। राजतन्त्रनै हुँदाखेरि पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे तर त्यो एउटा औपचारिक कराइ हुन्थ्यो,’ उनले भने।

    उनले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिस टाउको टेकेर हिँडिरहेको पनि बताए।

    टाउको टेकेर हेरिदिएपछि अरू सबै मान्छे उल्टो हिँडेको देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भइरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँड्ने काम गरिरहेको बताए। न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.