सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रजातन्त्र सेनानी चन्द्रकान्तलाई सम्झदैं काँग्रेस


  •    न्युजभित्तो/२८ भाद्र २०८१, शुक्रबार ०८:४४ 
  • चितवन, २८ भदौ । बि.सं. २०६२÷०६३ को आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बीचमा ठूलो झण्डा फहराउने धेरै हुन्थे । तिनीहरुको बीचमा फहरीएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने हुनुहुन्थ्यो ।

    राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुग्नुभएको थियो । त्यतिबेला मात्र होईन बि सं २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उहाँ अनवरत लाग्नुभयो ।

    उहाँका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार बि सं. २०३६ सालमा वीपी कोइराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालिन सत्तापक्षले कार्यक्रम बिथोल्न साँडेलाई पेट्रोल छर्किएर छाड्दा साँडेले कुल्चिएर घाईते हुनुभएकी चन्द्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो । चन्द्रकान्तले आमालाई समेत कार्यक्रममा ल्याउनु भएको थियो ।

    त्यस पछिका दिनहरुमा उहाँ अनवरत रुपमा नेपाली काँग्रेस र त्यसले सञ्ञ्चालन गरेका हरेक आन्दोलनमा अग्र पंङ्तिमा देखिनु हुन्थ्यो । प्रजातन्त्रका सेनानी न्यौपानेका छोरा बुद्धिकान्तले भन्नुभयो “मेरो बुबा हरेक आन्दोलनमा दैनिक जसो पक्राउ पर्ने गरेको हामीले बाल्यकालमा देख्यौ ।” घरमा प्रहरी गएर आमा सहित आफुहरुलाई धम्काउने, बुट बजार्ने र यातना दिने गरेको उहाँ बताउनुहुन्छ ।

    चन्द्रकान्तका चार भाई छोरा र एक छोरी छन् । छोरा सूर्यकान्तलाई बि सं २०४६ सालको आन्दोलनमा बाबु ल्याईज भन्दै १५ दिन हिरासतमा राखेको उहाँ सम्झनुुहुन्छ । त्यसो त बि सं २०४२ सालमा लामो समय प्रजातन्त्रका सेनानी न्यौपाने हिरासत बस्नुभएको थियो । बुद्धिकान्तले भन्नुभयो “हामीले थाहा पाएपछिका आन्दोलनमा बुबा कती हिरासत बस्नुभयो गनिसाध्य छैन ।”

    आन्दोलनमा अग्र पंङ्तिमा हुने भएकाले पक्राउ परेर धेरैपटक साँझ उहाँ छुट्नुहुन्थ्यो । बि सं २०४६ सालको आन्दोलनमा उहाँको टाउको ल्याउनेलाई रु ५० हजार पुरस्कार समेत राखिएको बुद्धिकान्त बताउनुहुन्छ ।

    बि सं १९९२ पुस २७ गते लम्जुङको दुरडाँडाको देउता पानीमा जन्मनु भएका चन्द्रकान्त न्यौपाने बि सं २०६९ साल भदौ २८ गते तत्कालिन सभापति सुशील कोइरालालाई भेट्न काठमाडौं जाँदै गर्दा दुर्घटनामा परी निधन भएको थियो । त्यसो त माइक्रोबसमा रहनु भएका न्यौपानेले पछाडी सिटमा बस्ने बच्चा सहितकी महिलालाई ठाउँ दिएर आफु पछिल्लो सिटमा बस्दा पछाडीबाट ट्रकले ठक्कर दिएर अन्तिम सिटमा बस्नुभएका उहाँको निधन भयो । उनै प्रजातन्त्रका सेनानी न्यौपानेको सम्झनामा उहाँको निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा नेपाली काँग्रेस वडा कमीटिले १२ औं स्मृति सभा गरेर आज सम्मान गर्दै छ । पार्टीका नेता डा शशांक कोइरालाको उपस्थितिमा उहाँको सम्झना गर्न लागिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.