सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यात्रुको इच्छाविपरीत सवारीभित्र ठूलो स्वरमा म्युजिक नबजाउन सर्वोच्चको आदेश


  •    न्युजभित्तो/२७ भाद्र २०८१, बिहीबार १२:२५ 
  • काठमाडौँ, २७ भदौ । सर्वोच्च अदालतले यात्रुको इच्छाविपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले टंकप्रसाद भट्टराईलगायतले दायर गरेको रिट सुनुवाइपछि अदालतले यात्रुको इच्छाविपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउने व्यवस्था गर्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो।

    आदेशअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमताभन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउन, सवारीभित्र इच्छाविपरीत चर्को स्वरमा म्युजिक सिस्टम नबजाउन, उच्च वाहन शक्ति (हर्सपावर) मोटरसाइकल चालकहरुले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठूलो स्वर र तीव्र गतिमा मोटरसाइकल नचलाउन पनि आदेश दिइएको छ।

    त्यसैगरी १८ वर्ष उमेर नपुगेकालाई परिचालक (कन्डक्टर, खलासी) को काममा नलगाउन, उक्त ऐनको दफा १०४ मा व्यवस्था भएअनुसार लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा चालक फेर्नुपर्ने हुँदा कम्तीमा २ चालक अनिवार्य राख्ने व्यवस्था गर्न पनि सर्वोच्चले आदेशमा भनेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.