सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनाइयो गुरुनानक देव जयन्ती


  •    न्युजभित्तो/२६ कार्तिक २०७६, मंगलवार १९:३८ 
  • काठमाडौँ । शिख धर्मका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवसरमा कुपण्डोलस्थित गुरुद्वारा सत्सङ्ग समितिले आयोजना गरेको तीनदिने अखण्ड ‘गुरु गन्थ साहेव’ वाचन कार्यक्रम समापन गरियो । कार्यक्रममा भजन एवं प्रवचन गुरु नानकदेवको स्मरण गरियो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, समिति अध्यक्ष प्रीतम सिंह, ज्ञानी गुरु बखससिंह लगायतले गुरुनानक देवले मानव समुदायलाई दिनुभएको सन्देशका बारेमा चर्चा गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले यसै वर्ष नेपाल सरकारले गुरुनानक देवको स्मरणमा सिक्का प्रकाशन गरेकामा खुशी व्यक्त गर्नुभयो ।

    गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तस्थित नानकाँडा भन्ने स्थानमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात उहाँले गराउनुभयो ।

    करीब ५०० वर्षअघि गुरुनानक देव काठमाडौँ आउनुभएको थियो । त्यसबेला उहाँ पशुपतिस्थित भष्मेश्वर, शोभाभगवती, ज्ञानेश्वर र नयाँबजारमा एक वर्षसम्म बस्नुभयो । त्यसबेला यहाँका राजाले पनि उहाँलाई गुरु मानी जग्गा दान गरेर नानक मठको नाममा गुठी स्थापना गर्नुभएको ज्ञानी गुरु बखससिंहले बताउनुभयो ।

    त्यसबेला जयजगत मल्ल र जयप्रकाश मल्लले नानक मठका नाममा एक हजार ६०० रोपनी जग्गाको गुठी राख्नुभएको थियो । हाल धेरै जग्गा अतिक्रमण भई ५० रोपनीमात्र नानक मठका नाममा रहेको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.