सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँः गृहमन्त्री लेखक


  •    न्युजभित्तो/१८ भाद्र २०८१, मंगलवार १६:०९ 
  • दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौ । गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउनुभएको छ ।

    आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले देशका सबैभन्दा ठुला राजनीतिक दल मिलेर समीकरण बनाएको बताउनुभयो ।

    “मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ”, मन्त्री लेखकले भन्नुभयो, “देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।” उहाँले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताउनुभयो ।

    त्यसैगरी उहाँले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताउनुभयो । नेपाल–भारत सिमानामा रहेकोे बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उहाँको भनाइ छ । त्यसैगरी उहाँले बेलौरी र पुनर्वासमा रहेका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.