सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैनः प्रचण्ड


  •    न्युजभित्तो/१४ भाद्र २०८१, शुक्रबार १४:२५ 
  • काठमाडौ, १४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अध्यक्ष पद आफ्ना लागि ठूलो कुरा नभएको बताएका छन्। शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘प्रचण्ड’ अध्यक्ष पदभन्दा माथि भएको दाबी गरे। प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आइपुगेका प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको समेत बताए।

    उनले भने, ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, अध्यक्ष पद मेरा लागि ठूलो हैन, प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो। देश दुनियाँमा नै संसारले एउटा ठूलो परिर्वतन तथा क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेको छ। मैले अध्यक्ष नै हुनुपर्छ भन्ने मेरो धारणा छैन। एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचिरहेको छु।’

    पत्रकार सम्मेलनमा उपमहासचिव जनार्दन शर्मा पनि छेउमै थिए। जसले हालै पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाएका थिए। उपमहासचिव शर्माले पेस गरेको प्रतिवेदनका विषयमा माओवादी फुट्न लागेको चर्चामा सत्यता नरहेको उल्लेख गर्दै सबैको धारणालाई साझा बनाएर लैजाने गरी अगाडि बढेको प्रचण्डले दाबी गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.