सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आवेगपूर्ण अभिव्यक्ति नदिन दलहरुलाई एमालेको आग्रह


  •    न्युजभित्तो/१४ भाद्र २०८१, शुक्रबार ११:१२ 
  • काठमाडौं, १४ भदौ । सत्तारुढ नेकपा एमालेले विश्व राजनीतिक घटनाक्रमसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

    पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन दलहरूलाई आग्रह गरेको हो।

    पछिल्लो राजनीतिक घटनाक्रमका साथै कांग्रेस र एमाले गठबन्धन सरकारको प्रारम्भिक समीक्षा गर्दै एमालेले जनतामा सकारात्मक सन्देश प्रभावित भएको निष्कर्ष निकालेको छ। पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदामा सामान्य छलफल गर्दै बैठकले आगामी पोलिटब्युरोबाट अन्तिम रूप दिने निर्णय गरेको छ।

    नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको छ। भदौ २६ गते सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको एमालेले भदौ १८ र १९ मा पालिटब्युरो बैठक बोलाएको छ। बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदा पेस गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.