सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हसिनाझैं भाग्ने दिन आए प्रचण्ड मात्रै चैनले सुत्न पाउँदैनन्ः गगन थापा


  •    न्युजभित्तो/१३ भाद्र २०८१, बिहीबार १५:४२ 
  • काठमाडौ, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले देश बंगलादेश वा श्रीलंकाजस्तो होला भनेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले पुष्पकमल दाहाल प्रचण्डले देश बंगलादेश, श्रीलंका होला भन्दा आफूलाई असह्य भएको उल्लेख गर्दै भने, ‘धर्म–पापमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला १ तर्साउन खोज्नु भएको होला।’

    नेपाली नेताहरु बंगलादेशकी शेख हसिनाझैं भाग्ने अवस्था आए प्रचण्ड मात्रै चैनले बस्न सक्ने अवस्था नहुने थापाको चेतावनी छ । जिम्मेवार दलका जिम्मेवार नेताले संयमित भएर बोल्नुपर्ने भन्दै उनले थपे, ‘सामाजिक विष्फोटहरु उत्पन्न हुने सम्भावना छन्, नभएका होइन, निराशा छ, उकुसमुकुस छ। तर हसिना शेखझैं नेपाली नेता कुनै कारणले भाग्ने दिन आयो भने प्रचण्ड मात्रै चैनले खुमलटारमा सुत्न पाउनुहुन्न।’

    आफ्नो विषय ठिक छन् भने लडेर सरकारलाई घुँटा टेकाउनु पनि अवान्छित नहुने उल्लेख गर्दै थापाले प्रतिपक्षी दल सरकारको प्रतिपक्षी भए पनि राज्य र प्रणालीकै अंग भएको स्मरण गराए। ‘अपोजिसनले, त्यसमाथि पनि यत्रो वर्ष प्रधानमन्त्री भएर आएको जिम्मेवार दलको जिम्मेवार नेताले, जसले भोलि कुनै पनि बेलामा देशको जिम्मेवारी लिनुपर्ने पनि होला । अपोजिसनमा बस्दै गर्दा पनि उ स्टेटको, सिस्टमको अपोजिसन होइन । सरकारको मात्रै अपोजिसन हो । उ सिस्टमको अंग हो,’ सांसद थापाले भने।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.