सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण


  •    न्युजभित्तो/१३ भाद्र २०८१, बिहीबार १२:०७ 
  • दमौली (तनहुँ), भदौ । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्र ओलीसँग भेट गरी म्याग्दे गाउँपालिकाको विकासका लागि प्रधानमन्त्रीसँग विभिन्न मागहरु पेश गरेका हुन् ।

    नेकपा (एमाले) तनहुँ जिल्ला कमिटी सदस्य एवं म्याग्देका युवा नेताहरू बसन थापा, शङ्कर रानभाट, सुरेन्द्र अधिकारी, निर्मला वाग्लेलगायतका युवा सम्मिलित युवा प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग म्याग्दे गाउँपालिका–३ र ऋषिङ गाउँपालिका–७ जोड्न सेती नदीमा पक्की पुल, म्याग्दे गाउँपालिका वडा नम्बर २ मा सांस्कृतिक सङ्ग्रहालय र मुल बाराही मन्दिर निर्माणका लागि बजेट व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।

    त्यसैगरी म्याग्दे वडा नम्बर २ को निर्मलबस्तीमा खेल मैदान निर्माणसहित ल्याण्डफिल्ड साइट योजनालाई बजेट विनियोजन गर्न र वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने पक्की पुल निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरिएको नेकपा ९एमाले० म्याग्दे गाउँ कमिटीका सचिव सन्दीप रानाभाटले जानकारी दिनुभयो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले मागको बारेमा सम्बन्धित मन्त्रीहरुलाई जानकारी गराई बजेट व्यवस्थाका लागि निर्देशन दिने आश्वासन दिनुभएको रानाभाटले बताउनुभयो ।
    सो टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग समेत भेट गरी तनहुँ जिल्लाको विकास निर्माणका लागि ध्यान दिन आग्रह गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.