सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्रीबारे आफ्नै पार्टीको लागि भन्नुभएको होला, मलाई होइन


  •    न्युजभित्तो/१३ भाद्र २०८१, बिहीबार ११:४६ 
  • कैलाली, १३ भदौ । कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाले मुलुकले पाएको उपलब्धि संस्थागत गर्न कांग्रेस एमालेको सरकार बनाएको बताएकी छन् ।

    प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् । कति जनाले दुई ठुला पार्टी मिल्दा अनौठो मानेका छन् । तर, नेपालमा संकट आउँदा कांग्रेस र एमाले मिलेर सरकार बनाएको इतिहास पनि छ उनले भनिन्, राजनीतिक रूपमा हामीले पाएको उपलब्धि संस्थागत गर्नु पर्छ ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति आफू केन्द्रित नभएको बताइन् । प्रधानमन्त्री ओलीले यूथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए । प्रधानमन्त्रीज्यूले महिला प्रधानमन्त्री बनाउने भन्ने विषय तपाई लक्षित रहेको टिप्पणी भइरहेको छ नि पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो । प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नु पर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो । म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । उहाँको आफ्नै पार्टीको क्याडिडेट भएको जस्तो लाग्छ । हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.