सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्रीबारे आफ्नै पार्टीको लागि भन्नुभएको होला, मलाई होइन


  •    न्युजभित्तो/१३ भाद्र २०८१, बिहीबार ११:४६ 
  • कैलाली, १३ भदौ । कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाले मुलुकले पाएको उपलब्धि संस्थागत गर्न कांग्रेस एमालेको सरकार बनाएको बताएकी छन् ।

    प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् । कति जनाले दुई ठुला पार्टी मिल्दा अनौठो मानेका छन् । तर, नेपालमा संकट आउँदा कांग्रेस र एमाले मिलेर सरकार बनाएको इतिहास पनि छ उनले भनिन्, राजनीतिक रूपमा हामीले पाएको उपलब्धि संस्थागत गर्नु पर्छ ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति आफू केन्द्रित नभएको बताइन् । प्रधानमन्त्री ओलीले यूथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए । प्रधानमन्त्रीज्यूले महिला प्रधानमन्त्री बनाउने भन्ने विषय तपाई लक्षित रहेको टिप्पणी भइरहेको छ नि पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो । प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नु पर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो । म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । उहाँको आफ्नै पार्टीको क्याडिडेट भएको जस्तो लाग्छ । हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.