बिजुली बक्यौता छुट दिने पूर्वप्रधानमन्त्री र ऊर्जामन्त्री बस्नेतलाई स्पष्टिकरण सोध्नुपर्छः भट्टराई
न्युजभित्तो/९ भाद्र २०८१, आईतवार १६:१३
काठमाडौं, ९ भदौ । नेकपा एमालेका सांसद योगेश भट्टराईले बिजुली बक्यौता छुट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री शक्ति बस्नेतलाई स्पष्टिकरण सोध्नुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ।
उनले अघिल्लो लेखा समितिको निर्देशनको आधारमा महालेखा परीक्षकले भनेको २१.८८ अर्ब बक्यौता उठाउनुपर्नेमा जोड दिए। उनले बक्यौता नउठाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नुपर्ने बताए। अख्तियारको निर्देशन कार्यान्वयन नभएबारे प्रमुख आयुक्तलाई बोलाएर सोध्नुपर्ने उनको भनाइ छ।
आज विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुने बताइएको छ।