सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बालअधिकार संरक्षणमा सरकार प्रतिबद्ध छ’


  •    न्युजभित्तो/९ भाद्र २०८१, आईतवार १२:४६ 
  • मध्यविन्दु (नवलपरासी), ९ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो ।

    “विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ”, उहाँले भन्नुभयो, “परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ ।”

    “प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने छ”, मन्त्री भट्टराईले भन्नुभयो ।

    अन्तक्र्रिया कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.