सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक सञ्जालमा नेताहरुबारे नकारात्मक कुरा नलेख्न, शेयर नगर्न एकीकृत समाजवादीको निर्देशन


  •    न्युजभित्तो/६ भाद्र २०८१, बिहीबार १७:०० 
  • काठमाडौं, ६ भदौ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ ।

    महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका हुन् ।

    ‘राजनीतिक व्यक्ति आफुप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु कमरेडहरुले पनि उत्तरदायित्वको माग गर्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ’ परिपत्रमा भनिएको छ, ‘त्यसैले पार्टी सम्बद्ध कुनै पनि कमरेडले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु कमरेडहरुका बारेमा कुनै पनि नकारात्मक कुराहरु नलेख्न, शेयर नगर्न, बरु आफुलाई लागेका सबै कुरा पार्टी पद्धति अनुसार उठाउन हार्दिक अपिल गरिन्छ ।’

    दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरुको मर्यादा समेत नराख्नेगरी सामाजिक सञ्जालमा टिप्पणी भएको पनि परिपत्रमा उल्लेख छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.