सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष प्रचण्डद्धारा सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधनमा दुःख व्यक्त


  •    न्युजभित्तो/४ भाद्र २०८१, मंगलवार १३:०६ 
  • काठमाडौँ, ४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    अध्यक्ष दाहालले दिवङ्गत कार्कीप्रति श्रद्धाञ्जली र जीवनसङ्गीनी एवं कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

    सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेका बेला भेरीगङ्गा नगरपालिका–५ स्थित एमाले मोडमा सवारी दुर्घटनामा परी घाइते हुनुभएका कार्कीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको हो ।

    अध्यक्ष दाहालले उक्त दुर्घटनामा घाइते भई उपचाररत हुम्ला ताजाकोट गाउँपालिका अध्यक्ष एवं पार्टीका कर्णाली प्रदेश समिति सहसचिव लालकेश जैशीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.