सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाट शान्ति प्रक्रियाको काम भइरहेको छः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/३० श्रावण २०८१, बुधबार १४:०९ 
  • काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताएका छन् । उनले १० वर्षे द्वन्द्वलाई पनि नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको पनि उल्लेख गरे ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर समसामयिक विषयलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको काम विश्वका लागि नमुना भएको पनि उल्लेख गरे ।

    “यो मौलिक छ र हाम्रो आफ्नै प्रयासबाट अघि बढेको छ । शान्ति प्रक्रियाको अन्य तमाम कुरा कहिले तीब्र, कहिले धिमा गतिमा समाधान हुँदै आएको छ,” उनले भने, “दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया द्वन्द्व व्यवस्थापनको काम भएको छ ।”

    उनले यो देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाटबाट शान्ति प्रक्रियाको काम भएको पनि उल्लेख गरे ।

    २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन यतिसम्म लाग्छ भन्ने महसुस नभएको भन्दै उनले ‘होम ग्रोन’ भनेर उल्लेख गरेको स्मरण गरे । साथै उनले त्यो दिनलाई साकार पार्न कानुन निमार्णमा नेपाल सफल हुँदै गएको पनि उल्लेख गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.