सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डलाई कार्यदलले बुझायो प्रतिवेदन


  •    न्युजभित्तो/२३ श्रावण २०८१, बुधबार १३:०५ 
  • काठमाडौं, २३ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

    बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझाइएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलमा गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।

    विधेयकमा छलफल गर्न बाँकी रहेको विषयमा छलफल गरी टुंग्याइएको संयोजक समेत रहेका लेखकले जानकारी दिए । उनले ६ वटा बैठकमा औपचारिक छलफल गरिएको बताए । संसद्को समितिमा विचाराधीन विधेयकमा छलफल गर्न बाँकी रहेको चार विषयमा सहमति खोजिएको उनले जानकारी दिए । संक्रमणकालीन न्यायका विषयमा उनले ब्रेक थ्रु भएको पनि बताए । शान्ति प्रक्रियालाई टुंग्याउन सकिने चरणमा पुगिएको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.