सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धतामा सरकार दृढ छः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२२ श्रावण २०८१, मंगलवार १७:०७ 
  • काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनको उद्देश्य र कारणबारे प्रस्ट्याउँदै उहाँले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहो¥याउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न ।”

    भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न ऐन संशोधन आवश्यक भएको जनाउँदै प्रधानमन्त्रीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनु आफ्नो लक्ष्य भएको बताउनुभयो । देश र जनतालाई केन्द्रमा राखेर सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक न्यायको सुनिश्चितता र शान्तिसुरक्षा कायम गर्नु सरकारको पहिलो जिम्मेवारी हो भन्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार प्रतिशोधका लागि बनेको होइन, आर्थिक विकास यसको लक्ष्य हो । कसैलाई दुःख दिने मनसाय छैन । भ्रष्टाचार गर्नेको अनुहार हेरिँदैन ।” प्रधानमन्त्री ओलीले कानुनको दृष्टिमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गर्न सरकार लागिपरेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.