सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउसी भैलोबाट श्री मावि बाह्घरेले उठायो दश लाख बढी, निजी स्रोतका शिक्षकलाई तलब खुवाइने


  •    न्युजभित्तो/१६ कार्तिक २०७६, शनिबार २१:२५ 
  • चितवन । माध्यमिक तहमा दरबन्दी नपाएको यहाँको एक सरकारी विद्यालयले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन देउसी भैलो कार्यक्रम गरेको छ । भरतपुर–४, बाह्रघरेमा रहेको श्री माध्यमिक विद्यालय बाह्रघरेले मावि तहमा निजी स्रोतका चार जना शिक्षक राखेको र उनीहरुलाई तलब खुवाउन देउसी भैलो कार्यक्रम गरेको स्कुल व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।

    पाँच वर्ष अगाडि देउसी भैलो कार्यक्रमबाट १२ लाख रुपैयाँ र केही उद्योगीको सहगोगमा थप पैसा सङ्कलन गरि तलब खुवाउँदै आएकोमा हाल सो पैसा सकिएकोले यसपालि देउसी भैलो कार्यक्रम गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । विद्यालयले निजी स्रोतका शिक्षकका लागि मासिक ७५ हजार रुपैयाँ तलब खर्च गर्दै आएको छ ।

    विद्यालयले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहयोगीहरुले उत्साहका साथ सहयोग गरेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी एवम् व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

    भरतपुर महानगरपालिकाले स्कुललाई कुनै पनि आर्थिक सहयोग नगरेको, निजी श्रोतका शिक्षकलाई तलब खुवाउने पैसा नभएको, दरबन्दी नदिएको गरिब जनताका छोराछोरी अध्ययन गर्ने सरकारी स्कुललाई महानगरको नेतृत्वले पूर्ण रूपमा बेवास्ता गरेको कारण आर्थिक संकलनको लागि देउसी भैलो खेलिएको विद्यालयका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    विद्यालय परिवार देउसी खेल्नका लागि रामघाट, विशाल चोक, धर्मचोक, धारापानी चोक, दुर्गा चोक र बाह्घरे स्कुल आसपास पुगेको थियो । पाँच दिन देउसी भैलो खेलेर विद्यालयले पहिलो दिन दुई लाख चार हजार पाँच सय अन्ठानब्बे रुपैयाँ, दोस्रो दिन एक लाख अठार हजार नौ सय छयानब्बे रुपैयाँ, तेस्रो दिन दुई लाख अठासी हजार नौ सय आठ रुपैयाँ, चौथो दिन एक लाख एकाउन्न हजार चार सय छयासी रुपैयाँ र पाचौँ दिन दुई लाख अठ्सठ्ठि हजार बीस रुपैयाँ उठाएको छ ।

    देउसी भैलो खेलेर दस लाख पैंतीस हजार तीन सय अठार रुपैयाँ उठेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    विद्यालयका प्रधानाध्यापक सानुकाजी श्रेष्ठले देउसी भैलो कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । बाह्रघरेमा रहेको श्री माध्यमिक विद्यालयमा चार सय ६० जना विद्यार्थी अध्ययनरत छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.