सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन


  •    न्युजभित्तो/७ श्रावण २०८१, सोमबार १६:४४ 
  • काठमाडौँ, ७ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    जलस्रोत तथा सिँचाइ विभागले आज आयोजना गरेको ‘चौथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठी’मा बोल्दै उहाँले आयोजनाको गुणस्तरलाई ध्यान दिइ समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । “राष्ट्रिय गौरवका आयोजना भन्ने तर आयोजना सम्पन्न गर्न ३०र३५ वर्ष लाग्ने रु गौरवको आयोजनालाई गौरवयोग्य बनाउनुपर्छ,” मन्त्री खड्काले भन्नुभयो । उहाँले धेरै क्षेत्रमा बजेट बाँडफाँट गरेर काम नहुनुभन्दा एउटै आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

    मन्त्री खड्काले एउटै आयोजनामा तीनै तहको सरकारको बजेट पर्ने गरेको भन्दै त्यसो हुन नदिन अन्तरसरकारसँग सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कर्मचारीलाई निर्भिक ढङ्गले इमान्दार भएर काम गर्न आग्रह गर्नुभयो । “म दुर्घटना नगरी मन्त्रालयको ड्राइभिङ गर्छु, तपाईंहरु पाटपुर्जा ठीक ठाउँमा राख्नूहोस्,” मन्त्री खड्काले भन्नुभयो ।

    उहाँले जलस्रोत तथा सिँचाइ विभाग किसानसँग प्रत्यक्ष जोडिएकाले किसानलाई राहत र सहुलियत प्रदान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले १५ लाख हेक्टरमा सिँचाइ सुविधा पु¥याउन लागेको समय हेरेर आगामी योजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

    ऊर्जामन्त्री खड्काले आयोजना अगाडि बढाउँदा प्रविधि, आधुनिकीकरणको समस्या र कामदारको समस्यालाई हेर्नुपर्ने बताउनुभयो । उहाँले हिमाल, पहाड र तराईमा सिँचाइको समस्या भिन्दाभिन्दै रहेकाले त्यसलाई सम्बोधन हुनेगरी विभागले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले चैते धानको उत्पादन बढाउन आवश्यक सिँचाइलाई विभागले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले विभागको पहलमा हाल देशभर १५ लाख ६९ हजार हेक्टरमा सिँचाइ व्यवस्थापनका लागि पूर्वाधार निर्माण गरे पनि अझै १० लाखभन्दा बढी हेक्टर जमीनमा सिँचाइका लागि पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

    विभागले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत महाकाली सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइँ आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, सुनकोशी–मरिन डाइभर्सन आयोजना र रानी–जमरा–कुलरिया सिँचाइ आयोजनामार्फत देशभर दुई लाख ८७ हजार पाँच सय ८६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेगरी छ वटा आयोजना अगाडि बढाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.