सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्नेछः उपप्रधानमन्त्री सिंह


  •    न्युजभित्तो/७ श्रावण २०८१, सोमबार १५:४३ 
  • काठमाडौँ, ७ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उहाँले समयको आवश्यकता एवं जनतालाई राहत दिनका लागि वर्तमान सरकार निर्माण भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “समयको आवश्यकता र जनतालाई राहत दिन वर्तमान सरकार गठन भएको हो, यो सरकार अब अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने छ ।”

    यसैगरी उहाँले नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको बताउनुभयो । जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने उहाँको भनाइ थियो । तीन तहका सरकारले अधिकार सम्पन्न भएर काम गरे संविधान संशोधनको अवस्था नआउने उहाँको जिकिर छ ।

    उहाँले भन्नुभयो, “समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए हामी यो अवस्था पुग्दैनथ्यौ कि भन्ने मलाई लागिरहेको छ ।” यसैगरी, उपप्रधानमन्त्री सिंहले कांग्रेस र एमाले मिलेर सरकार बनेको र यो सरकार जनताको चाहानाअनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नका लागि बनेको जिकिर गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.