सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले र कांग्रेसबीच भएको सहमति प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक


  •    न्युजभित्तो/६ श्रावण २०८१, आईतवार १५:५५ 
  • काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गर्नुभएको छ ।

    विश्वासको मत माग्ने क्रममा ओलीले आजको संसद् बैठकमा सात बुँदे सहमति सार्वजनिक गर्नुभएको हो । एमाले र कांग्रेसले आमनागरिकको चाहनाअनुसार विकासको गति बढाउने, भ्रष्टाचार हटाउने लक्ष्यसहित राष्ट्रिय सहमतिको सरकार बनाउने, संविधान कार्यान्वयनका सबल र दुर्बल पक्षको अध्ययन गरेर संविधान संशोधन गर्ने र कानुन निर्माणलाई प्राथमिकता दिने सहमति भएको ओलीले बताउनुभयो ।

    यस्तै अर्थतन्त्रमा देखिएको सुस्तता हटाएर चलायमान बनाउने, विदेशी लगानी आकर्षित गरेर देशमै रोजगारी सृजना गर्ने, अहिलेको सरकार दुई वर्ष एमालेले र बाँकी समय नेपाली कांग्रेसले चलाउने तथा सङ्घीय सरकारमा जस्तै प्रदेश सरकारहरू पनि मिलेर चलाउने सहमति भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.