सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अष्ट्रेलियामा ४० लाख मानिसमा मानसिक स्वास्थ्य समस्या

"उपचारमा दैनिक साढे ३४ करोड अमेरिकी डलर खर्च "

  •    न्युजभित्तो/१५ कार्तिक २०७६, शुक्रबार १६:४२ 
  • क्यानबेरा । अष्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित छन् । हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले भने उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ ।

    यी मानसिक स्वास्थ्यका विरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले जानकारी दिएका छन् ।
    प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिए पनि बर्सेनि यति ठूलो संख्याका अष्ट्रेलियालीले उपचार नै नगराएको पाइएको हो ।

    अनुसन्धान अधिकारीहरुका अनुसार अष्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित छन् । उनीहरुमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्ता लगायतका समस्याहरुबाट पीडित रहेका छन् ।

    यी विरामीहरुमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहूँचमा रहने गरेका छन् । उनीहरुलाई उपचारको पहूँच हुने गरेको बताइएको छ ।
    अष्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा बृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहूँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।

    अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ ।
    यो खर्च महंगो भएकोले यहाँको स्वास्थ्य उपचारसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने सुझाव पनि उक्त अनुसन्धान प्रतिवेदनले दिएको छ । रासस/सिन्ह्वा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.