सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इस्लामिक स्टेटद्वारा बग्दादी मारिएको पुष्टि, कुरैशी नयाँ नेता चयन


  •    न्युजभित्तो/१५ कार्तिक २०७६, शुक्रबार १६:२४ 
  • बेरुत । इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्त गरेको आइएसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    ‘हामी तपाइँलाई एक वफादार कमाण्डरको रुपमा नियुक्त गर्दछौँ’ जिहादी समूहका प्रवक्ता अबु हमजा अल कुरैशीले बग्दादीको निधनमा दिएको शोक अडियोमा बताएका छन् ।

    अमेरिकी विशेष फौजले गत आइतबार गरेको एक कारबाहीमा बग्दादी सिरियाको इद्लिबमा मारिएका थिए । आइएस लडाकूले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल बग्दादी समूहका नेता घोषणा भएका थिए ।

    आइएसले नियुक्त गरेका नयाँ नेताको विस्तृत विवरण र तस्वीर भने सार्वजनिक गरिएको छैन । तर उनीहरुले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकू भएको दाबी गरेका छन् ।

    सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी घोषणा गर्दै उनलाई पक्राउ गर्ने व्यक्तिलाई दुई करोड ५० लाख डलरको पुरस्कार घोषणा गरेको थियो ।

    आइएसका नेता अबु बकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकाले गत आइतबार दाबी गरेको थियो । विश्वमै सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति “आज ठूलै कुरा हुँदैछ” भन्दै ट्वीट गर्नु भएको थियो ।

    उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेट्सको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै सङ्गठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको थियो । कुनै समय इराक, सिरिया समेतको ठूलो भू–भागमा कब्जा जमाउन सफल इस्लामिक स्टेट्सको पछिल्लो समय पराजयको क्रम शुरु भएको बताइन्छ ।

    अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेट्सको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस सङ्गठनको इराक र सिरियामा प्रभाव रहेको बताइएको छ । अल–बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए । कतिपयले उनको मृत्यु भइसकेको दाबी गरिरहेका थिए ।

    यो सङ्गठनका समर्थकले युरोप र अमेरिकी भू–भागमा आतङ्कवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेट्सले पछिल्लो समय हत्या हिंसामार्फत जनजीवन त्रसित बनाउने गरेका थिए । बग्दादीले पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकू एवम् आफू र आफ्ना परिवारका सदस्यलाई मुक्त गर्न अपिल गरेका थिए । रासस/एएफपी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.