सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीकी पत्नि नक्कली शैक्षिक प्रमाणपत्र मुद्धामा दोषी ठहर


  •    न्युजभित्तो/२९ असार २०८१, शुक्रबार ११:१० 
  • काठमाडौं, २८ असार । विशेष अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडरीकी पत्नी गीता सोडारीलाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ ।

    अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले करिब दुई वर्षअघिको मुद्दामा दोषी ठहर गरेको हो । बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एकै तहका दुई वटा नक्कली शैक्षिक प्रमाणपत्र बनाई त्यसका आधारमा राहत शिक्षक नियुक्त भएको अभियोग सोडारीमाथि लगाइएको थियो ।

    अदालतले सोडारीलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदनको सुविधा पाउने छन् ।

    सोडारीले नक्कली प्रमाणपत्रका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–९ को शिव निम्न माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकको नियुक्ति लिनुभएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो । अख्तियारले २०७९ असोज ७ गते मुद्दा दायर गरेको थियो । योग्यता ढाँटेर झुटा विवरणका आधारमा राष्ट्र सेवकको ओहोदा प्राप्त गरेको अख्तियारको आरोप थियो ।

    वादे दोषी ठहर

    विशेष अदालतले बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश वादेलाई घुस लेनदेन मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले वादेलाई दोषी ठहर गरेको हो । असार ३१ गते वादेको सजाय निर्धारण हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

    घरबाटो सिफारिस प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वादेविरुद्ध २०८० माघ २६ गते मुद्दा दायर गरेको थियो ।

    अख्तियार टोलीले वादेलाई १५ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको थियो । घुस रकम लेनदेन भइसकेको अवस्थामा वादे पक्राउ पर्नुभएको थियो । भ्रष्टाचार निवारण ऐन अनुसार वादेलाई दुई वर्ष छ महिनादेखि चार वर्षसम्म सजाय हुन सक्ने छ ।

    पाललाई छ महिना कैद

    यस्तै विशेषले राष्ट्रपति चुरे संरक्षणका कार्यक्रमका अधिकृत प्रभात पाललाई घुस लेनदेनमा दोषी ठहर गरेको छ । अदालतले पाललाई छ महिना कैद र एक लाख २० हजार रुपियाँ जरिबाना तोकेको छ ।

    कार्यक्रम अन्तर्गत कैलालीमा जलाधार व्यवस्थापन अधिकृतका रूपमा कार्यरत पाललाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । एक लाख २० हजार रुपियाँ घुससहित पव्रmाउ परेका पालविरुद्ध अख्तियारले वैशाख २८ गते मुद्दा दायर गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.