सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस–एमालेले ४७ सालको संविधान फर्काउन खोजेका छन् : देव गुरुङ


  •    न्युजभित्तो/२० असार २०८१, बुधबार १६:३० 
  • काठमाडौँ, १९ असार । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् । बुधबार काठमाडौंको एक कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए ।

    गुरुङले भने, ‘संविधानको जग वृहत शान्ति सम्झौता हो, वृहत शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो । मध्यरातमा षड्यन्त्रमूलक ढंगबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’

    उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताए ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा संविधानले दिएका सुविधा अनुसार संसदमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने बताए । उनले भने, ‘अहिलेसम्म सरकारमा सहभागी कुनैपनि दलले समर्थन फिर्ता लिएको जानकारी औपचारिक रुपमा आएको छैन, कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा हुँदैन । पार्टीले संविधानले दिएको सुविधाअनुसार संसदमा विश्वासको मत माग्ने निर्णय गरेको छ ।’उनले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको ९३० अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे । गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्यख्या यहाँ मेल नखाने समेत दाबी गरे ।

    ‘कोशीमा ३० दिनसम्म विश्वासको मत नलिएपछि सोही धाराअनुसार सरकार गठन भएको हो, मुख्यमन्त्रीले विश्वासको मत लिएको भए अर्को धाराअनुसार सरकार गठन हुने थियो’ उनले बताए ।

    महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए । उनले आन्तरिक रुपमा झिनामसिना कुरा भए पनि कांग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए ।

    ‘एमालेले वामपन्थी गठबन्धन छोडेर कांग्रेससँग घाटी जोड्न जानुपर्ने अवस्था हामीले देखेका छैनौं । केही झिनामसिना कुराबाहेक गठबन्धनमा कुनै खटपट थिएन तर पनि एमाले कांग्रेसको कित्तामा जान पुग्यो । यदि ओलीजीलाई प्रधानमन्त्री बन्ने रहरै पलाएकै भए यही गठबन्धनबाट झन् सजिलो थियो’ उनले भने ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र एमाले नेता रामबहादुर थापाका छोरा प्रतिक पक्राउ परेपछि कांग्रेसर एमाले एक ठाउँमा आएको गुरुङले दाबी गरे ।

    उनले भने, ‘यो बीचमा भएको दुईवटा घटना हुन्, पहिलो टीआरसी र अर्को नक्कली भुटानी प्रकरणमा मुछिएर फरार रहेका झा र थापा पक्राउ । यदि झा र थापा पक्राउसँगै लहरो तान्दा पहरो आउने डरले एमाले र कांग्रेसएकठाउँमा आएका हुन सक्छन् नत्र त टीआरसी टुंग्याउनेमा तीनै दलको फरक मत छैन’

    कांग्रेसर एमालेको कदमले नेपाल फेरि द्वन्द्वमा फस्न सक्ने बताउँदै दोस्रो युक्रेन बन्ने खतरा बढेको गुरुङले दाबी गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.